• १२ असार २०८१, बुधबार

राष्ट्रिय सभामा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ टेबुल

blog

राष्ट्रिय सभा बैठक ।

काठमाडौं, असार १९ गते । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा सोही सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक सभामा टेबुल गर्नुभएको हो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।