• १४ मंसिर २०८१, शुक्रबार

स्थानीयद्वारा यातायात अवरुद्ध

blog

सडकमा बसेर यातायात अवरुद्ध गर्दै स्थानीय । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, असार १५ गते । 
दोलखाको कालिञ्चोक गाउँपालिका–४ बन्चरे भन्ने स्थानमा बसका सहचालक मृत अवस्थामा भेटिएपछि स्थानीयहरूले यातायात अवरुद्ध गरेका छन् ।

शुक्रबार बिहान वा ३ ख ८३९ नम्बरको बसमा गौरीशङ्कर गाउँपालिका–३ महताराका सहचालक ४५ वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा भेटिएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो बसमा शङ्कास्पद अवस्थामा शव भेटिएपछि स्थानीयहरूले यातायात अवरुद्ध गरिरहेका छन् । मृतकका आफन्त नआई यातायात सञ्चालन गर्न दिँदैनौ भनेर बिहानैदेखि लामाबगर, सिँगटी समेतबाट आएका यातायात रोकिएका छन् । यातायात खुलाउने प्रयास विफल भएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिनुभयो ।

सिँगटा यात्रु पु–याएर फर्की आएको सो बस पार्किङमा रहेको छ । पार्किङमै राखिएको बसमा शव भेटिएपछि सो बसका चालक र कर्मचारी तीन जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । मृतकको टाउको र शरीरमा चोटपटक लागेको छ । मुचुल्का समेत गर्न नदिएको प्रहरी निरीक्षक सिग्देलको भनाइ छ ।