• १२ असोज २०८१, शनिबार

साढे १५ केजी चरेससहित एकजना पक्राउ

blog

लागूऔषधसहित पक्राउ परेका राजेश साहलाई सार्वजनिक गर्दै प्रहरी ।

दिपकप्रसाद गौतम

वीरगञ्ज, असार ७ गते। सशस्त्र प्रहरीले साढे १५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेससहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरियाबाट खटेको सशस्त्र प्रहरी टोलीले देवरियाबाट भिस्वातर्फ जाँदै गरेको मोटरसाइकलका चालकलाई लुकाई छिपाई साढे १५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो। 

बिआर २२ एपी ६८१५ नम्बर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा उक्त परिमाणको लागूऔषध चरेस नेपालबाट भारततर्फ लैजार्दै गरेको अवस्थामा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका राजेश साहलाई पक्राउ गरेको हो। 

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतका अनुसार मोटरसाइकलको सिटमुनी र ट्याङ्की मुनी फल्स बटम बनाएर लुकाएर राखिएको ५०० ग्रामका १९ प्याकेट र २५० ग्रामका २४ प्याकेट गरी १५ किलो ५०० ग्राम लागुऔषध चरेस बरामद गरेको छ। 

बरामद भएको लागूऔषध चरेस र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक थप कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ।