• ८ असार २०८१, शनिबार

योग र मनोविज्ञान परामर्श कार्यक्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स साईकोलोजी कमिशनले आयोजना गरेको वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम बिहिबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय ओलम्पिक डे तथा अन्तराष्ट्रिय योग दिवसको अवसरमा भएको सो कार्यक्रम दुई दिन भएको हो ।

सो कार्यक्रममा योगा र डाइनामिक मेडिटेसन, स्पोर्ट्स मनोविज्ञान र खेलाडीहरुमा वन अन वन परामर्शलगायतका सत्र भएका थिए । योगा तथा डायनमिक मेडिटेशन  कमिशनका सदस्य साईकोलोजिष्ट लक्ष्मी प्रधान र स्काउट मास्टर युवराज वरदेवले योगा र मेडिटेशन, काउन्सिलिङ कमिशनका अध्यक्ष इन्द्र गुरुङले मनोविज्ञान तथा सदस्य राजेश्वरी श्रेष्ठ गुरुङले खेलाडीहरुको वान एण्ड वान परामर्श कक्षा सञ्चालन गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलाडी,  प्रशिक्षक तथा विभिन्न कमिशनका पदाधिकारीहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।