• १९ असार २०८१, बुधबार

हवाई भाडा घट्यो

blog

फाइल तस्बिर

काठमाडौं, असार ६ गते । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो । 

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० ले घटेको छ ।

यसैगरी काठमाडौँ–भद्रपुरको तीन सय, काठमाडौं–विराटनगरको दुई सय ४०, काठमाडौं–धनगढीको चार सय ४५, काठमाडौं–नेपालगञ्जको तीन सय २५, काठमाडौं–भैरहवाको दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा तीन सय ४५ ले घटेको छ । मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० ले कम गरेको थियो ।