• १३ मंसिर २०८१, बिहिबार

नुबैर र साक्षीको अग्रता कायमै

blog

चाल चल्नुअघि बुद्धिचाल खेलाडी ।

काठमाडौं, असार २ गते । दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपमा छैटौं र सातौं चरणको खेल सम्पन्न हुदा खुलातर्फ उत्कृष्ट प्रदर्शन गरिरहनुभएका  भारतका २४१५ रेटेड इन्टरनेशनल  मास्टर  नुबैर शाह अहमद साढे ६  अङ्कसहित शिर्ष स्थानमा हुनुहुन्छ ।

यस्तै २५०८ रेटेड ग्राण्ड  मास्टर सयन्तन दास ५.५ अङ्कसहित  दोस्रो स्थानमा हुनुहुन्छ । पाकिस्तानी खेलाडी २०४६ रेटेड अमिरले सातौं चरणको खेलमा डिक्चेन दोर्जीलाई हराउँदै ५ अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा महिलातर्फ चौथो र पाँचौ चरणको खेल सम्पन्न हुँदा भारतीय इन्टरनेशनल मास्टर २२२५ रेटेड साक्षी आनान्दले ५ अङ्कसहित शीर्षस्थानमा हुनुहुन्छ । उहाँले पाँचौ चरणको खेलमा नेपालका सुशीला गुरुङलाई हराउनुभयो भने चौथो चरणमा माल्दिभ्सकी नुहा रिवानबाट वाक ओोभर पाउनुभयो । बंगलादेशकी १९१३ रेटेड वदिफा अहमद ४ अङ्कसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा जारी प्रतियोगितामा नेपालका १७५३ रेटेड फिडे मास्टर सुजना लोहनी र बंगलादेशका १८५२ रेटेड जन्नतउल फेरडोस ३.५  अङ्कसहित संयुक्त रुपमा तेस्रो स्थानमा हुनुहुन्छ । नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवालले भारतिय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणको खेलमा बराबरीमा रोक्न सफल हुनुभएको छ ।

रुपेशले तेस्रो चरणको खेलमा पनि सातौ चरणसम्म अग्रता लिइ रहेका २४१५ रेटेड नुबैर शााह अहमदलाई बराबरीमा रोक्नुभएको थियो । रुपेशले छैटौं चरणको खेलमा पुरुषोत्तम सिलवाललाई हराउनुभएको थियो । यस्तै १४ बर्षका १८३४ रेटेट खेलाडी  पुरुषोत्तम सिलवालले बंगलादेशका २२१२ रेटेड फिडे मास्टर हसन पराग मेहन्दीलाइ पराजित गर्नुभयो । सातौ चरणको खेल सम्पन्न हुँदा चौथो स्थानमा रहेका क्षितिज भण्डारीले छैटौं र सातौ चरणमा जीत निकाली .५ अङ्क जोड्नुभएको छ । 

क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन २०३२ सुरवीर लामा माथी  खेलको ५८ औं जीत हात पारे भने छैटौं चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाए पन्छाएका थिए।