• १४ मंसिर २०८१, शुक्रबार

पोखरीमा मृत अवस्थामा एक व्यक्ति फेला

blog

नारद कोहार

तौलिहवा, जेठ ३२ गते । कपिलवस्तु नगरपालिका –१ स्थित सगर पोखरीमा एक पुरुषको शव फेला परेको छ । सो शव कहार टोलका सिढीया कहारको रहेको स्थानीयले बताएका छन् । उहाँ बुधबार राति श्रीमतीसँग झगडा गरी घर बाहिर निस्कनुभएको परिवारका सदस्यको भनाइ छ ।   

उहाँको शव बिहीबार बिहान सगर पोखरीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।