• १४ मंसिर २०८१, शुक्रबार

पानीको हाहाकार भएपछि दमकलबाट पानी

blog

दिवाकर पोख्रेल

देउखुरी, जेठ ३१ गते । दाङको कोइलाबासमा पानीको हाहाकार हुन थालेपछि दमकलबाट पानी पु-याउन थालिएको छ। 

नेपाल–भारत सीमावर्ती क्षेत्र कोइलाबासमा नेपालको तर्फबाट भातीय सुरक्षाकर्मीलाई विद्युत् दिने र भारतीय पक्षले नेपालीलाई पानी उपलब्ध गराउँदै आएको भए पनि पानीको स्रोत सुकेपछि नेपालतर्फ पानीका लागि हाहाकार भएको हो। पानीको अभाव भएपछि गढवा गाउँपालिकाले दमकलबाट पानी पु-याउन थालेको छ। गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबास पालिकाको केन्द्र गढवाबाट २८ किलोमिटर दुरीमा पर्छ। गत महिनाबाट नियमित रूपमा कोइलाबासमा दमकलबाट पानी पठाउन थालिएको हो। 

दुई सय आठ घरधुरी एक हजारभन्दा बढी जनसङ्ख्या रहेको कोइलाबासमा दैनिक रूपमा बिहान दमकलबाट पानी पु-याउन थालिएको हो। गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले पिउने पानीका लागि सहज आपूर्ति गराउन दमकलबाट पानी वितरण गरिएको बताउनुभयो। 

लामो समयसम्म खडेरी परेर पानी नपरेपछि कोइलाबास क्षेत्रमा झनै पानीको समस्या बढेको हो। स्थानीय जनप्रतिनिधिको पहलमा २०७७ सालमा डिप बोरिङको योजना पारेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी घर घरमा धारा जोडेर पानी वितरण गरे पनि सफल हुन सकेन।