• १३ पुस २०८१, शनिबार

जीवजन्तुका लागि पानीको वैकल्पिक व्यवस्था

blog

गौर नपाका नगरप्रमुख शम्भु साहले जङ्गली जनावर लगायत पशुपंक्षीहरुको लागि वैकल्पिक रुपले पानीको व्यवस्था गर्दै । तस्विर : सञ्जय कुमार मिश्र, गौर

सञ्जय कुमार मिश्र 

गौर, जेठ २८ गते । गौर नगरपालिकाले जनावरहरूको लागि वैकल्पिक पानीको व्यवस्था गरेको छ । अत्यधिक गर्मीको कारण पानीको अभाव भएपछि जनावरहरूका लागि वैकल्पिक पानीको व्यवस्था गरिएको हो । 

अत्यधिक गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि पानी बिना जनावर, पशुपंक्षीहरु मर्ने भएपछि गौर नपाले पानीको वैकल्पिक व्यवस्था गरेको हो । पानीको अभावमा जङ्गली जनावर नीलगाई, बँदेल लगायत अन्य जनावरहरू मर्न थालेको सूचना पाएपछि गौर नपाको नगरप्रमुख शम्भु साहको अगुवाइमा गौरको टिकुलियास्थित लालबकैया नदीको छेउमा पानीको मुहान जेसिबीले उत्खनन गराएका हुन् ।

गत दुई साता अघिदेखि मधेश प्रदेशको जिल्लाहरूसँगै रौतहट जिल्लाको गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि पानीको अभावमा जङ्गली जनावर लगायत पशुपक्षीहरूको ज्यान जोगाउन उद्देश्यले पानीको वैकल्पिक व्यवस्था गरिएको गौर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताउनुभयो ।

लामो समयदेखि आकासे पानी नपर्नाले तथा अत्यधिक तापक्रमले पानीको मुहान सुकेपछि जङ्गली जनावरहरू पानी खान नपाई मर्न थालेको सूचना प्राप्त भएपछि टिकुलियास्थित लालबकैया नदीको ठाउँ ठाउँमा उत्खनन गरेर वैकल्पिक पानीको व्यवस्था गराएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताउनुभयो । उहाँले यस्तो अत्यधिक गर्मीको समयमा पानी खान नपाई जङ्गली जनावरहरूले छटपटाएर ज्यान गुमाउनु परेको अवस्था सृजना भएपछि लालबकैया नदीको छेउमा उत्खनन गराउन पानी खाने वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो । 

यसैबीच चर्को घामका कारण भीषण गर्मीले सडकपेटी हिडने बटुवा लगायत सर्वसाधारण, व्यवसायी लगायत सरकारी कार्यालयमा काम विशेषले आउने सेवाग्राही निकै नै प्रभावित भएको हो ।

मध्ये तराइको रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरूको गर्मीले जनजीवन अस्त यस्ता भएको हो । गर्मी बढेपछि सर्वसाधारण घर बाहिर निस्कन छाडेपछि विभिन्न सरकारी कार्यालयमा काम विशेषले आउने सेवाग्राहीको भिडभाडमा कमी आएको छ । 

अत्यधिक गर्मीका कारण सर्वसाधारणले घर बाहिर निस्कन नचाहेपछि दिऊ“सो १० बजेदेखि बेलुका ५ बजेसम्मको समयमा सडक, बजार सुनसान जस्तै लाग्ने गरेको स्थानीय रामएकवाल साह बताउनुहुन्छ ।