• १३ मंसिर २०८१, बिहिबार

पाल्पाको दुई स्थानबाट ४४ हजार केजी मल बरामद

blog

बरामद गरिएको युरिया मल । तस्बिर : रेखीराम राना

रेखीराम राना
पाल्पा, जेठ २८ गते । 
पाल्पाको दुई स्थानबाट प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । भारतबाट लुकीछिपी पाल्पाको रामपुरमा ल्याएको अवैध युरिया मल प्रहरीले बरामद गरेको हो । प्रहरीले रामपुर र हुँगीबाट ४४ हजार ६९० केजी युरिया मल बरामद गरेको जनाएको छ । 

रामपुरको एक घरमा लुकाएर राखेको २९ हजार केजी युरिया मल र कालीगण्डकी कोरिडोर सडकखण्डमा ट्रकमा ल्याइएको झण्डै १७ हजार केजी मल प्रहरीले बरामद गरेको हो । शनिबार बिहान ३८१ बोरा मल बरामद गरेको प्रहरीले बेलुकी पुनः ६५० बोरा मल बरामद गरेको जनाएको छ ।

सुराकीको आधारमा रामपुर नगरपालिका–५, बेझाडस्थित स्थानीय विजय श्रेष्ठको घरमा ६५० बोरा मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बरामद गरिएको मलको बोरा बाहिर प्रधानमन्त्री भारतीय जनउर्बरता परियोजना भारत लेखिएको प्रहरीले जनाएको छ ।