• १३ मंसिर २०८१, बिहिबार

एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

blog

अमरराज नहर्की
तनहुँ, जेठ २८ गते ।
 तनहुँको आबुखैरेनी गाउँपालिका –५ रसौलीमा एक्साभेटर खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि २२० केभीको हाइटेन्सनको टावर निर्माण गर्न जाने कच्ची सडक बनाउँदै गरेको अवस्थामा ग ३ क ३९७४ नं.को एस्काभेटर शनिबार साँझ ७ बजे एक हजार पाँच सय मिटर तल खोचमा खस्दा सहचालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले मृत्यु हुनेमा सल्यान स्थायी घर भएका २५ वर्षीय खेमराज चलाउने रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चलाउनेको घटनास्थलमे मृत्यु भएको हो ।

एक्साभेटर चालक जिल्ला चितवन स्थायी घर भएका सुन्दर श्रेष्ठ हालसम्म फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।