• १२ वैशाख २०८१, बुधबार

बुटवलको पर्यटन बजार विस्तारमा केबलकार कोसेढुंगा बन्ने विश्वास

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा बुधवार उद्घाटन गरिएको लुम्बिनी केबलकार । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

छविलाल पाण्डे 

बुटवल, जेठ २५ गते । आज विधिवत् उद्घाटन भएको लुम्बिनी केबलकार सञ्चालनले बुटवलको पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास यहाँका पर्यटन तथा अन्य व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार पाल्पाको तिनाउ गाउँपालिका –३ वसन्तपुरमा बुटवलको गोलपार्कदेखि वसन्तपुर जोड्ने लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएपछि यहाँका व्यवसायी उत्साहित भएका हुन् ।  

बुटवल बजारमा आर्थिक मन्दीको असरले व्यवसायीहरू विस्थापित भइरहेका बेला केबलकार सञ्चालनमा आएपछि बुटवलको चहलपहल बढ्ने देखिएको विश्वास व्यवसायीहरूको छ । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवल बजारमा चहलपहल बढाउन केबलकार सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक मन्दीको असरले व्यवसायीहरू विस्थापित भइरहेका बेला केबलकार सञ्चालनमा आएपछि बुटवलको चहलपहल बढ्ने देखिएको विश्वास व्यवसायीहरूको छ । 

केबलकार सञ्चालकहरूले भारतका पर्यटकलाई लक्षित गरेर केबलकार निर्माण गरे पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि आउने बढी सम्भावना रहेको स्थानीय व्यवसायीको बुझाइ छ । यहाँ पर्यटकहरू घुम्न आउँदा यहाँको पर्यटन विकाससँगै अन्य व्यवसायमा पनि सघाउ पुग्ने विश्वास कसजूले गर्नुभयो । 

रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले लुम्बिनी केबलकार सञ्चालनमा आएसँगै अव बुटवल बजारमा चहलपहल बढ्ने विश्वास भएको बताउनुभयो । जेठ १५ देखि व्यावसायिक रूपमै सञ्चालनमा आएको केबलकारको सेवा लिएकाहरूले भने केबलकारको सुधार गर्नुपर्ने सुझाव दिएका छन् । केबलकार १५ गतेदेखि सञ्चालन भए पनि आज औपचारिक रुपामा प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुभयो ।    

टिकट महंगो भएको गुनासो 

केबलकारको टिकट महँगो भएको स्थानीय व्यवसायीको गुनासो छ । केबलकारको टिकट सुरुको केही दिन ७५० रुपियाँ तोकिए पनि ओहोरदोहोरका लागि प्रतियात्रु एक हजार शुल्क कायम गरिएको छ । विद्यार्थी र स्थानीय बुटवल र पाल्पाको तिनाउँ गाउँपालिकाका स्थानीयलाई २५ प्रतिशत छुट दिने निर्णय पनि प्रालिले गरेको  छ । 

केबलकारका परियोजना संयोजक गोकुल साउदले अन्तर्राष्ट्रिय रूपमै भइरहेको मूल्यवृद्धि र वर्तमान बजारको अवस्थालाई मध्यनजर गरेर मूल्य निर्धारण गरिएको बताउनुभयो । कोरोनाकाल र आर्थिक मन्दीबीच केबलकार निर्माण सम्पन्न भएकाले लागत तुलनात्मक रूपमा बढी रहेको उहाँको भनाइ छ । सोहीअनुसार केबलकारको टिकट निर्धारण गरिएको साउदले दाबी गर्नुभयो ।    

बत्ती गइरहने समस्या

लुम्बिनी केबलकारमा विद्युत अनियमित हुँदा केबलकार सञ्चालनमा समस्या पर्ने देखिएको छ । बत्तीका कारण बेला–बेलामा सेवा अवरुद्ध हुँदैआएको छ । सेवा अवरुद्ध हुँदा केबलकारले चर्को आलोचना खेप्नुपरेको छ । 

गत हप्ता तिलोत्तमाका मिन तिवारीले लाइन गएपछि केबलकारभित्र १० मिनेट अड्किएको भन्दै सामाजिक सञ्जालमै आलोचना गर्नुभएको थियो ।

गत हप्ता तिलोत्तमाका मीन तिवारीले लाइन गएपछि केबलकारभित्र १० मिनेट अड्किएको भन्दै सामाजिक सञ्जालमै आलोचना गर्नुभएको थियो । केबलकार १० मिनेट रोकिनुभन्दा अघि र पछि पाँच छ पटकसम्म पनि रोकिएको उहाँले बताउनुभयो । लुम्बिनी केवलकार प्रालिका परियोजना प्रमुख गोकुल साउदले भने विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा समस्या भएको बताउनुभयो । 

मन्दिर निर्माणले धार्मिक पर्यटक बढ्ने 

केबलकार प्रालिको लक्ष्य भारतीय पर्यटक समेत भित्र्याउने रहेको छ । धार्मिक पर्यटकको सङ्ख्या बढाउने गरी सो क्षेत्रमा मन्दिर निर्माण गरिएको छ । केबलकारको टप स्टेसन रहेको पाल्पाका वसन्तपुर डाँडामा भारतको गुवाहाटीकै शैली र आकृतिमा कामाख्यादेवी मन्दिर निर्माण गरिएको छ । 

कामाख्यादेवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ निर्माण गरिएको कामाख्या मन्दिरको माथि रहेको गजुर शक्तिको प्रतीकको रूपमा रहेको छ । गुम्बा आकारको स्वरूपलाई शिवको प्रतीकको रूपमा निर्माण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केवलकार सञ्चालन भएसँगै भारतीय पर्यटकहरूको गन्तव्य वसन्तपुर हुने बताउनुभयो ।

गर्मीबाट बच्ने गन्तव्य बन्न सक्ने

बुटवलमा गर्मी बढेको बेला लुम्बिनी केबलकारको अन्तिम स्टेसन पाल्पाको वसन्तपुर शीतलताका लागि राम्रो गन्तव्य हुने देखिएको छ । बुटवलको तापक्रम र वसन्तपुरको तापक्रमबीच १० डिग्रीको तलमाथि पर्छ । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेटको समय लाग्ने केबलकार प्रालिले जनाएको छ । 

भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक आकर्षित हुने प्रालिले विश्वास लिएको छ ।

 

केबलकारको संरचना 

बुटवल उपमहानगरपालिका –३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका –३ वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाई कूल दुई किलोमिटर ६ सय मिटर रहेको छ । लुम्बिनी केबलकार प्रालिको पहिलो चरणको परियोजनाको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ ।

केबलकारमा आइएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी रहेको केबलकार परियोजनाका प्रमुख गोकुल साउदले जानकारी दिनुभयो । केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । 

केबलकारको एक सातासम्मको सफल परीक्षणपछि १० दिनअघि गत जेठ १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेको र दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्ने केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । 

३ अर्ब रुपैयाँको लागतमा पहिलो चरणमा तयार हुन लागेको लुम्बिनी केबलकार परियोजनाभित्र रिसोर्टदेखि जीपलाईन चलाउनेसम्मका योजना छन् । 

केबलकारको तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र माथिल्लो स्टेसन ९४० मिटरको उचाइमा छ । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेटको समय लाग्नेगरेको छ । ३ अर्ब रुपैयाँको लागतमा पहिलो चरणमा तयार हुन लागेको लुम्बिनी केवलकार परियोजनाभित्र रिसोर्टदेखि जीपनलाई चिलाउनेसम्मका योजना छन् । 

केबलकारको दोस्रो चरणमा पाँचतारे होटल, कम्प्लेक्सलगायतका संरचना निर्माण गर्ने योजना प्रालिको छ । मनोकेवल डिट्याचेबल गोन्डुला (बाकस) सिस्टम रहेको केबलकारले २४ गोन्डुलाबाट प्रतिगोन्डुला आठ जनाका दरले दैनिक ६ हजार यात्रुलाई सेवा दिन सक्छ । 

केबलकारको २६ सय मिटरको दूरीमा ९ वटा टावर छन् । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको करिब तीन किलोमिटरबीचमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगका लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।