• ८ पुस २०८१, सोमबार

सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

पीडितसँग कुरा गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, जेठ २४ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्यायमा परेका सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। सहकारी पीडित बचतकर्ताको बुधबार माइतीघरमा गरेको प्रदर्शनीमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न सहकारीका बचतकर्ताको समस्या समाधान गर्न सरकारले समिति बनाएको बताउनुभयो।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “सहकारीको बचतकर्ता पीडित उनीहरूको समस्या कसरी समाधान गर्ने भनेर सरकारले समिति बनाएको छ, यसले प्रतिवेदन दिन्छ। नेपाली जनता जो काम गरेर त्यो बचत गरेको छ, यसको कसरी रक्षा गर्ने भन्नेबारे सरकार गम्भीर छ।” उहाँले आवश्यकता अनुसार सहकारी सञ्चालकको विभिन्न ढङ्गले छुट्टा–छुट्टै छानबिन गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सहकारी पनि दुई, तीन प्रकृतिका होलान्। उनीहरूको लगानी कहाँ-कहाँ छ। कोही लुटेर भाग्ने विभिन्न प्रकारका समस्या छन्। त्यो समस्या समाधान गर्न हामी प्रतिबद्ध छौँ।”