• १२ वैशाख २०८१, बुधबार

कानुनमन्त्री र सिटिबिटिओका कार्यकारी सचिवबीच भेटवार्ता

blog

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङसँग भेटवार्ता गर्नुहुँदै वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ)का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयड । तस्बिर : कानुन मन्त्रालय

काठमाडौं, जेठ २२ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र वृहत परमाणु  परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ) का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयडबीच भेटवार्ता भएको छ ।

सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री गुरुङ र कार्यकारी सचिव फ्लोयडबीच भेटवार्ता भएको कानुन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्र गौतमले जानकारी दिनुभयो ।

भेटका क्रममा कानुन मन्त्रीले नेपाल र संयुक्त राष्ट्र संघबीच प्रणाढ सम्बन्ध रहेको धारणा व्यक्त गर्नुहुँदै वृहत परमाणु  परीक्षण प्रतिबन्ध सन्धि (सिटिबिटी) मा सन् १९९६ मा हस्ताक्षर गरेको तर अनुमोदन गर्न बाँकी रहेको जानकारी गराउनुहुँदै नेपाल सरकारले उक्त सन्धिको अनुमोदन प्रक्रिया चाँडै नै अघि बढाउने जानकारी गराउनुभयो ।

त्यस्तै, कार्यकारी सचिव फ्लोयडले कानुन मन्त्रीलाई बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उक्त अवसरमा कार्यकारी सचिव फ्लोयडले यस सन्धिलाई नेपालले समयमै अनुमोदन गर्नु राम्रो हुने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको समग्र आर्थिक, सामाजिक, न्यायिक विकास एवम् सुशासनको क्षेत्रमा सदैव सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।