• ८ वैशाख २०८१, शनिबार

भीरबाट लडेर एकको मृत्यु

blog

भीरबाट लडेर मृत्यु भएको दानी ।

राजन रावत

हुम्ला, जेठ २२ गते । भीरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । अदानचुली गाउँपालिका –१ को कल्खे गाउँका युवा गौरीलाल दानी आइतबार राति कल्खेबाट दोमुख फर्कने क्रममा भीरबाट लडेर उहाँको मृत्यु भएको हो ।  

स्थानीय परबहादुर थापाले दिउँसो कल्खे गाउँमा दशरा मेला हेरेर दोमुख फर्कनेक्रममा लौठारुख भीरबाट लडेर मृत्यु भएको बताउनुभयो । कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटेलमा नपुगेपछि परिवारका अन्य सदस्यहरू आत्तिनुभएको थियो । सोमबार बिहानै खोजीमा जानेक्रममा दानी मृतक अवस्थामा दोमुख नजिक भेटिनुभएको बताउनुभयो । 

मृतक दानी दोमुखमा होटेल व्यवसाय सञ्चालन गर्दै आउनुभएको बताउनुभयो । दसरा पुर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो । मृतक दानी सो हेर्न दोमुखबाट कल्खेगाउँ जानुभएको थियो । लडेर मृत्यु भएको खबर पाउने बित्तिकै गल्फागाड प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो । मृतक दानीको सोमबारै अन्तिम दाहसंस्कार गरिएको छ ।