• १३ वैशाख २०८१, बिहिबार

‘कला मनोरञ्जनका लागि मात्र होइन’

blog

काठमाडौँ, जेठ १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला मनोरञ्जनका लागि मात्र नभएर जीवनका लागि भएको धारणा व्यक्त गर्नुभएको छ । 

‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सोमबार  उद्घाटन गर्दै मन्त्री किरातीले कलाको विकास भए मात्र सोचेको समृद्ध नेपालको विकास सम्भव हुने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनी सकेसँगै प्रतिष्ठानले असार दोस्रो साताभित्र ललितकला सम्मेलन गर्ने जानकारी दिँदै त्यसबाट आएका सल्लाह, सुझावका आधारमा आगामी दिनका नीति तय गरिने धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीका संयोजक लालकाजी लामाले गणतन्त्र दिवसको दिनलाई उत्सवका रूपमा छानेर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागी सबै कलाकार नै पुरस्कृत  भएसरह रहेको धारणा राख्नुभयो । 

कार्यव्रmममा अरनिको राष्ट्रिय ललितकला, राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार र कला प्रवर्धन सम्मान पुरस्कार, ललितकला प्रादेशिक पुरस्कार, राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विशेष पुरस्कारलगायत विभिन्न विधाका पुरस्कार प्रदान गरिएको थियो । प्रदर्शनीमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रदर्शनीका सद्भावना दूत अनिल चित्रकारलगायतको उपस्थिति थियो ।