काठमाडौं, जेठ १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नतिजा निकाल्ने गरी जलनको उपचार गर्न अस्पताललाई निर्देशन दिनुभएको छ ।
मन्त्री बस्नेतले जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल, कीर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पताल गरी छ अस्पतालका प्रमुख, उपचारमा संलग्न हुने सम्बन्धित विषय विज्ञलाई यस्तो निर्देशन दिनुभएको हो ।
यसअघि मन्त्री बस्नेतले आइतबार जलन अस्पतालको उपचार व्यवस्थापन सम्बन्धी विज्ञहरुसँग छलफलको गर्नु भएको थियो ।
मन्त्रालयका सहप्रवक्त डा. समिर अधिकारीले मन्त्री बस्नेतले सम्बन्धित चिकित्सकसँग जलन उपचारका वर्तमान अवस्था, चुनौती र अबको बाटोका सन्दर्भमा छलफल गरेको जानकारी दिनुभयो ।
सोही क्रममा जलन उपचार र जलनको जटिलता व्यवस्थापन नेतृत्व गरिरहनुभएका विशेषज्ञ चिकित्सकहरुले समस्या र त्यसको समाधानका विषयमा सुझाव दिनुभएको थियो ।
मन्त्री बस्नेतले विज्ञहरुबाट आएका सुझाव कार्यान्ययन गर्ने प्रतिबद्धता गर्नभयो ।