• ५ वैशाख २०८१, बुधबार

खेलकुद मन्त्रीलाई खेलाडी सङ्घको ज्ञापन पत्र

blog

युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै खेलाडी संघका पदाधिकारी । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ १४ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आइतबार सङ्घले मन्त्रालय पुगेर मन्त्री लिम्बुलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा खेलाडीका हकहित र खेलकुदको विकासबारे विभिन्न ६ माग र सुझावहरू समेटिएको छ ।

ज्ञापनपत्रमा चीनमा हुन गइरहेको १९औँ एसियाली खेलकुदको समयावधि चार  महिना मात्र बाँकी भएको अवस्थामा खेलाडीको विशेष प्रशिक्षण सुरु नभएकोले तयारी तत्काल सुरु गर्ने, बाह्रै महिना राष्ट्रिय टिमका खेलाडी प्रशिक्षण सञ्चालन गर्ने, देशको लागि अन्तर्राष्ट्रिय पदक जिती कीर्तिमान कायम गर्ने खेलाडीहरू राष्ट्रिय खेलकुद परिष्मा नियुक्ति पाएता पनि लामो समयदेखि वृत्ति विकास हुन नसकेको हुँदा तत्काल वृत्ति विकास एवं करारमा रही कार्यरत त्यस्ता खेलाडीहरूलाई उचित व्यवस्थापन गर्दै स्थायी गर्नगर्नुपर्ने लगायतको माग राखिएको छ ।

सङ्घले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गरेका खेलाडीको उचित संरक्षण नहुँदा विदेश पलायन भइरहेकोले समस्या समाधान गर्न तत्काल ठोस योजना बनाएर खेलाडीलाई स्वदेशमै बस्ने व्यवस्था गर्नुपर्नेलगायत माग पनि गरेको छ ।