काठमाडौँ, जेठ ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितकाे राजनीतिक व्यवस्था परिवर्तन हुनुमा युगकवि सिद्धिचरण श्रेष्ठको पनि भूमिका रहेको बत्ताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीकाे उपलक्ष्यमा धर्मपथमा रहेको सालिकमा माल्यार्पण गर्नुहुँदै उहाँले भएको उहाँले सो धारणा राख्नुभएको हो ।
अन्याय र अत्याचारप्रति सडकसम्म जनताको स्वर सुनिने गरी युगकवि श्रेष्ठले कविताको माध्यमबाट क्रान्तिको ज्वाला बाल्ने काम गर्नुभएको मन्त्री किरातीले बत्ताउनुभयो ।
वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले परिचित हुनुहुन्छ ।
श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेख्नुभएकाे ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता निकै चर्चित छ ।
उहाँका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु पनि उत्तिकै चर्चामा छन् । उहाँका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् ।
विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेवापत तत्कालीन सरकारले उहाँलाई १८ वर्षको जेल सजाय तोकेको थियो । श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।