• ११ मंसिर २०८१, मङ्गलबार

‘काँडेतार’ लाई सेन्सरको अनुमति

blog

काठमाडौँ, जेठ ६ गते । चलचित्र ‘काँडेतार’ ले प्रदर्शनीका लागि सेन्सर बोर्डबाट अनुमति पाएको छ। बोर्डले चलचित्रमा रहेका केही दृश्य काँटछाँट गर्दै प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो।

निर्माता निर्देशक नवल खड्काले चलचित्र सेन्सर पास भएको बताउनुभयो। गृह मन्त्रालय र भुटानको विषयमा रहेका दुई दृश्य काट्दै सेन्सर पास गरेको जानकारी उहाँले दिनुभयो। चलचित्रमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बालगायतको अभिनय रहेको छ।  चलचित्रको मुख्य भूमिकामा निर्देशक खड्काको पनि अभिनय रहेको छ। मणि थापा र दीपक शर्माको सङ्गीत रहेको चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नुभएको छ। चलचित्रमा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताका रूपमा हुनुहुन्छ भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुनुहुन्छ।