• ८ वैशाख २०८१, शनिबार

ड्रमवादक राना सम्मानित

blog

काठमाडौँ, जेठ ६ गते । विगत पाँच दशकदेखि सङ्गीत साधनामा सक्रिय  रहनुभएका ड्रमवादक देव रानालाई चितवनस्थित एलटिके खेलकुद तथा कला प्रतिष्ठानले एक समारोहबिच सम्मान गरेको छ। 

कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले राना राष्ट्रका सम्पत्ति भएको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो। रानालाई सभामुख पाठकले सम्मानपत्र तथा प्रतिष्ठानका अध्यक्ष र सञ्चालक क्रमशः  सीता गुरुङ लोहनी र देवेन लोहनीले पच्चिसहजार रुपियाँ प्रदान गर्नुभयो।