• २० वैशाख २०८१, बिहिबार

नीति तथा कार्यक्रमबारे मिश्रित प्रतिक्रिया

‘कार्यान्वयन गर्ने क्षमता बढाउनुपर्छ’

blog

काठमाडौँ, जेठ ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कायक्रम प्रस्तुत गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल सरकारका मन्त्री तथा सांसदले नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष विशेष रहने प्रतिक्रिया दिनुभएको छ ।  सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम समयानुकूल उपयुक्त रहेको तर्क गर्दा प्रतिपक्षका सांसदले भने परम्परागत शैलीभन्दा फरक नभएको दाबी गर्नुभयो । 

 डा. प्रकाशशरण महत

 अर्थमन्त्री

नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहँदै आएको छ तर यस पटक हामीले पार गर्ने गरी काम गर्ने छौँ । नीति तथा कायक्रममा अविष्कार गरिएका कुरा राखिन्न । देश र जनताका आवश्यकताका कुरा उल्लेख गरिन्छ । ती विषयवस्तु आएका छन् । 

कार्यान्वयन गर्ने क्षमता बढाउनुपर्छ । इमानदार भएर काम गर्नुप¥यो । पहिलो दिनदेखि काममा लाग्नुपर्छ र हामी लाग्छौँ । परिणाम आउँछ । कार्यान्वयनमा विशेष जोड दिन पहिलो दिनदेखि गम्भीर रूपमा लाग्छौँ । 

 वेदुराम भुसाल 

कृषि तथा पशुपन्छीमन्त्री 

नीति तथा कार्यक्रममा पुराना कुरा पनि आएका हुन सक्छन् । नयाँ कुरा पनि छन् । नीतिले किसानको जीवनस्तरमा केही न केही परिवर्तन ल्याउने छ । बाँझो जग्गाको प्रयोगसम्बन्धी नीति आएको छ । उपयोगको कुरा छन् । कृषि वन सञ्चालन गर्ने, मलखादको व्यवस्थापनलगायतका विषयको प्रभावकारी कार्यान्वयन भए कृषि क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिन्छ । समग्रमा राम्ररी अध्ययन गरेपछि टिप्पणी गर्दा उपयुक्त होला । 

 रघुजी पन्त 

सांसद, नेकपा (एमाले)

भारतको आर्थिक वृद्धिको श्रेय तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह राव र अर्थमन्त्री मनमोहन सिंहलाई दिइन्छ । हामीकहाँ आएको नीति तथा कार्यक्रम जेजस्तो यथास्थिति छ त्यसलाई निरन्तरता दिइएको छ । यथास्थितिलाई तोडेर देशलाई नयाँ गन्तव्यतिर र विकासतर्फ अभिमुख गराउने नयाँ बाटो देखाएको छैन । आर्थिक सङ्कटबाट गुज्रिरहँदा औद्योगिकीरणमा जोड दिनुपर्ने, कृषिको संरक्षण तथा राष्ट्रिय पुँजीको विकासका लागि जोड दिनुपर्नेमा नीति तथा कार्यक्रममा यसको नितान्त अभाव देखिएको छ । 

 सरिता प्रसाईं

सांसद, नेपाली कांग्रेस

नीति तथा कार्यक्रममा नयाँ कुरा पनि आएका छन् । तीन वटा प्रदेशमा व्रिmकेट रङ्गशाला, अस्पतालमा सुविधा तथा जनशक्ति थप्ने, रोजगारीका ठोस योजना, कृषि उत्पादनलाई बढाउन मलखाद र सिँचाइको समुचित व्यवस्थापनलगायतका कुरा आएका छन् । ऊर्जा, सिँचाइ, खेलकुद, महिलालाई सम्बोधन गर्ने विषयवस्तु जनताको जीवनमा परिवर्तन ल्याउनका लागि आएका छन् । कृषिमा युवालाई जोड्ने, स्वरोजगार बनाउने जस्ता विषय छन् । सबै एकैचोटि हुन्न, बिस्तारै बन्दै जाने हो । 

 सन्तोष परियार 

सांसद, रास्वपा

सदनमा आगामी दिनमा घनीभूत छलफल हुने छ । हाम्रो आर्थिक अवस्थाबमोजिमको नीति तथा कार्यक्रमले ठोस रूपमा सम्बोधन गर्ने गरी आएको मैले पाइनँ । सैद्धान्तिक कायक्रमको छलफल गर्नेछौँ । हिजोको भन्दा खासमा केही फरक छैन । 

आजको हाम्रो आर्थिक जटिलतालाई सम्बोधन गरेको छैन । नीति तथा कार्यक्रममा आएका कुराको कार्यान्वयन, सामाजिक विकासमा पार्ने प्रभाव, जीवनमा ल्याउने परिवर्तनका कुरा देखिएन । अब अमूर्त कुरा गरेर भएन । अर्मूत भन्दाभन्दै हामी यहाँसम्म आयौँ । 


 ज्ञानेन्द्र शाही

सांसद, राप्रपा

कार्यक्रम ल्याउनु नयाँ कुरा होइन, यसलाई लागु गर्नु प्रमुख कुरा हो । प्रस्तुत भएको कार्यक्रम लागु गराउनेतर्फ हाम्रो ध्यान हुने छ । हुबहु प्रतिलिपि आउने चलन रहँदै आएको छ । यस पटक कम भयो । 

विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिइने अधिकार, हिमाली क्षेत्रमा सिँचाइको कुरा गरिएका छन् । यी विषयवस्तु लागु गर्नु आवश्यक छ । 

हिमाली क्षेत्रका उत्पादन विश्व बजारमा चर्चित छन् । जडीबुटीदेखि लिएर पशुपालनबाट उत्पादित सामग्रीको बजार रहेकोमा नीति तथा कार्यव्रmममा आएका यी योजना कार्यान्वयनका लागि विशेष जोड दिनेछौँ ।