शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ७ गते। काठमाडौँको कोटेश्वरमा सवारी दुर्घटना परी घाइते भएका सहचालक सुरेन्द्र गालेको उपचारको क्रममा मृत्यु भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर बस पकेटस्थित सडक खण्डमा जडिबुटीबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७३८७ नम्बरको भाडाको बसबाट खसेका सहचालक गालेलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको हो।
प्रहरीका अनुसार भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गालेको टाउकोमा गम्भीर चोट पुगेको थियो।