• ७ मंसिर २०८२, आइतबार

रेडियो अडियोका सञ्चालक खनिया मृत भेटिए

blog

पत्रकार दीपेन्द्र खनिया । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर ७ गते। पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिनुभएको छ । 

काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आउनु भएको घरमा पत्रकार खनिया आइतबार मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उहाँको शव भेटिएको हो। 

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो। पत्रकार खनिया रेडियो अडियोका सञ्चालक हुनुहुन्थ्यो।