• १२ पुस २०८१, शुक्रबार

मधेश प्रदेश सभाको बैठक बस्दै

blog

जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेश सभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो । 

बैठकअघि यही जेठ २ गते प्रदेश सभाको नवौँ बैठक बसेको थियो ।  रासस