• १३ वैशाख २०८१, बिहिबार

नदी संरक्षण अभियन्ता कमिटी गठन

blog

सम्मेलनमा प्रस्तुत गरिएको सम्वन्धीत विषयहरु । तस्विर : ललिता साह

ललिता साह, 

सप्तरी, जेठ ३ गते । प्रकृति एवं नदी अधिकार संरक्षण अभियान स्थानीय अभियन्ता एक दिने सम्मेलन सप्तरीको राजविराजमा सम्पन भएको छ । कमला जलाधार संरक्षण अभियानद्वारा आयोजना गरिएको उक्त सम्मेलनले नदी संरक्षण अभियानका लागि अभियन्तालाई संगठित गरी अर्जुन यादवको नेतृत्वमा १८ सदस्य जिल्ला स्तरिय अभियान कमिटी गठन गरेको हो । 

उक्त कमिटीले जिल्लामा रहेका नदी जन्य समस्या समाधान तथा समुदायलाई जोगाउने खालका योजनाहरु कार्यान्वनमा सरोकारवाला निकायसँग पहल गर्ने कमला जलाधार संरक्षण अभियानका धनुषा अध्यक्ष विक्रम यादवले जानकारी दिनुभयो ।

यस्तै, अवैध उत्खनन् , फोहरमैला , प्रदुषण, अतिक्रमण, नदीको सतह बढ्ने , सचेतनाको कमी, स्थानीय नेतृत्वको अभावलगायतका समस्या छन् । समाधानका निम्ती जनचेतना, वृक्षारोपन, तटबन्ध निर्माण, तालपोखरी, सिमसार निर्माण, स्थानीय नेतृत्वको अपनत्व सहिता समाधानका निम्ति प्रयास गर्न सकिने विषयविज्ञ डाक्टर चिरञ्जिवी भट्टराईले बताउनुभयो ।