• १५ असार २०८१, शनिबार

सिँजामा रैथाने खाना महोत्सव

blog

जुम्ला समाचारदाता

जुम्ला, जेठ ३ गते । रैथाने खाना र संस्कृतिको प्रवर्धन गरी पर्यटन विकास गर्ने उद्देश्यसहित सिँजामा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको छ। सिँजा गाउँपालिकाको नराकोटमा आयोजित महोत्सवमा सात वटा खाना स्टल राखिएका थिए। महोत्सवमा कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु, मकैका परिकार, खरायोको मासुसमेत स्टलमा राखिएका थिए। 

सिँजा गाउँपालिकाको व्यवस्थापन तथा माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा खाना महोत्सव गरिएको हो। सो अवसरमा देउडा, झोडा, चुट्किला प्रदर्शनसमेत गरिएको थियो। गाउँपालिका उपाध्यक्ष सितली रोकायाले रैथाने खाना प्रवद्र्धनले पर्यटन विकास र स्थानीय अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताउनुभयो।

सिँजा गाउँपालिका–२ का अध्यक्ष तीर्थ वडले रैथाने खाना र संस्कृति प्रवर्धनमा वडाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। माक्र्सवादी ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलले रैथाने खानाको संरक्षण गरी आर्थिक आयआर्जन गर्न सकिने बताउनुभयो।