• २१ वैशाख २०८१, शुक्रबार

लिभरपुलको सानदार जित

blog

लेस्टरविरुद्ध गोल गरेपछि लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, जेठ २ गते । लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसैको मैदानमा ३-० गोलले हरायो ।

लिभरपुलको जितमा कर्टिस जोन्सले दुई गोल गर्नुभयो । अर्को गोल ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले थप्नुभयो । कर्टिसले ३३ र ३६औँ मिनेटमा गोल गर्नुभएको थियो । त्यसपछि आर्नोल्डले ७१औँ मिनेटमा गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो । लिभरपुलको सबै गोलमा मोहम्मद सलाहले पास उपलब्ध गराउनुभएको थियो ।

जितसँगै लिभरपुलले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ । ४६ खेलबाट ६५ अङ्क बनाएको लिभरपुल पाँचौँ स्थानमा छ । लिभरपुलसँगको हारले लेस्टरलाई रेलिगेसनमा पर्ने दबाब बढेको छ ।

३६ खेल सकेको लेस्टर ३० अङ्कसहित १९औँ स्थानमा छ । साउथ ह्याम्पटन रेलिगेसनमा परिसकेको छ । यता उपाधि नजिक रहेको म्यानचेस्टर सिटीको ३५ खेलबाट ८५ अङ्क छ । दोस्रो स्थानमा हरेको आर्सनलको ८१ अङ्क छ । एजेन्सी