• १२ मंसिर २०८१, बुधबार

कोरोना संक्रमणबाट बच्न खोप लगाउन आग्रह

blog

काठमाडौं, जेठ १ गते । सरकारले कोरोनाको जोखिमबाट बच्न कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोरोनाको संक्रमण  भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणले बढी हुने हुँदा खोप लगाउन आग्रह गरेको हो । 

मन्त्रालयले खोप नलाएको भए तुरुन्त नजिकैको  स्वास्थ्य संस्थामा सम्र्पक गरी आवश्यक  अनुसार पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ । देशभर ११२ जना संक्रिय संक्रमित । रहेका छन् जसमध्ये नौ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये एक जना आइसियु र एक जना भेन्टिलेटरमा भर्ना भएका छन् । 

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । मन्त्रालयका अनुसार  २४ घण्टामा  एक हजार ९१ जनाको कोरोना परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको छ । सोही सयमा २२ जना संक्रमण मुक्त भएका छन् भने ४८ हजार १२० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।