• ८ वैशाख २०८१, शनिबार

रिजालको पुस्तक सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २८ गते । पत्रकार तथा साहित्यकार कमल रिजालको १४ औँ कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) शीर्षकको यस कृतिलाई साझा प्रकाशनले प्रकाशन गरेको हो । 

स्वास्थ्यदर्शन, स्वभावदर्शन र स्वधर्मदर्शन गरी तीन खण्डमा विभाजित यस पुस्तकले दुःखको कारण पत्ता लगाई सरल ढङ्गले समाधान गर्ने तरिका सिकाउन खोजेको छ ।

लेखक रिजालका अनुसार स्थूल, सूक्ष्म र कारण गरी मानव शरीर तीन किसिमको हुन्छ । तिनमा लाग्ने रोग पनि तीन किसिमकै हुन्छ; जसलाई व्याधि, आधि र अविद्या भनिन्छ । त्यस्तै उपचार पनि तीन किसिमकै हुन्छन्; जसलाई आसन, प्राणायाम र ध्यान भनिन्छ । 

मानिसले आफूलाई कसरी स्वस्थ र निरोगी राख्न सक्छ भन्ने कुरा पुस्तकले प्रस्ट्याउन खोजेको छ । त्यसैगरी स्वभावदर्शन खण्डमा जीवनमा आइपर्ने दुःखको कारण पत्ता लगाउने प्रयास भएको छ भने स्वधर्मदर्शन खण्डमा दुःख निवृत्तिको आधार केलाउन खोजिएको छ ।