• २५ पुस २०८१, बिहिबार

माधवको कोरिया फर्कने चाहना अधुरै रह्यो

blog

गणेश खनाल

अर्घाखाँची, वैशाख २७ गते । पाँच वर्ष कोरियामा बसेर नेपाल फर्कनुभएका भुमिकास्थान नगरपालिका –२ तिरतिरेका वर्ष ३६ का माधव बेल्वासेको फेरि पाँच वर्षका लागि कोरिया जाने चाहना अधुरै रह्यो । कोरिया जाने तयारीमा रहेका उहाँ फेरि नफर्किने गरी अस्ताउनुभयो ।

भुमिकास्थान नगरपालिका –२ तिरतिरे खोलाको जङ्गलमा लागेको आगोले उहाँका सबै सपना उडाइदियो । बेल्वासेकोे उपचारको क्रममा काठमाडौंमा मृत्यु भयो । अढाई वर्षको एक छोरा, करिब एक वर्षको अर्को छोरालाई राम्रो मान्छे बनाउँछु, मलाई पुगेकै छ अब एक पटक विदेश गएपछि फेरि जान्न भन्नुहुन्थ्यो । स्थानीय कविराज थापाले उहाँले भनेको कुरा स्मरण गर्दै कहिले विदेश जान नपर्ने गरी अस्ताएको दुःख व्यक्त गर्नुभयो । 

ख¥यानमा लागेको आगो निभाउन सके घर थारा जोगाउन सकिन्छ भनेर आगो निभाउन खोज्दा तीव्र गतिमा चलेको हावापछि आगोको लोप्पाले उहाँलाई लपेट्यो । पूरै शरीर पदमको चलाइदियो स्थानीय टेकराज भुसालले भन्नुभयो । आगोले घरमा दैनिक चुलो बाल्ने एकमात्र अभिभावक घनश्याम बेल्वासेलाई गुमाएपछि १ छोरा, १ छोरी र श्रीमती बेसहारा बनेका छन् । 

भुमिकास्थान नगरपालिका –२ का वडाध्यक्ष बुद्धि थापाले आगलागीमा परी घाइतेलाई उपचारार्थ पठाउँदा निको हुने आशा थियो, तर जोगाउन नसकेकोमा दुखी भएको बताउनुभयो । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको कमाण्डमा रहेको प्रहरी टोली खटेर  आगलागी नियन्त्रणमा लिइएको थियो । 

आगोमा परी घाइते अस्मिता बेल्बासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकन्द रिजालले जानकारी दिनुभयो ।