• ८ वैशाख २०८१, शनिबार

मृदुलका दुई कृति सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते । साहित्यकार ममता मृदुलका दुई कृति एक साथ सार्वजनिक भएको छ । उहाँका ‘विविधा’ (समालोचना सङ्ग्रह) र कान्छी छोरी (लघुकथा सङ्ग्रह) हालै लोकापर्ण भएको हो । नारी स्रष्टा विराटनगरले आयोजना गरेको कार्यक्रममा प्रा. डा. कुमारप्रसाद कोइराला, सभासद मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका संस्थापक केन्द्रीय अध्यक्ष  श्रीओम श्रेष्ठ रोदन, साहित्यकार कलानिधि दाहाल, मञ्जिला अनिल, लघुकथा समाजका नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्य रामकुमार पण्डित र अदिति श्रेष्ठले एक साथ कृतिको लोकार्षण गर्नुभएको हो ।  

कार्यक्रममा स्रष्टा समाज नेपालका अध्यक्ष श्रेष्ठले मृदुलले रोचक र फरक ढङ्गले  कृतिहरूको समीक्षा गरेको बताउनुभयो । लघु कथा समाज नेपालका केन्द्रीय सदस्य रामकुमार पण्डित क्षेत्रीले कान्छी छोरीको समीक्षात्मक टिप्पणी गर्दै मृदुल सत्य र धर्मको वकालत गर्दै साहित्य रचनामा लाग्नुभएको चर्चा गर्नुभयो । साहित्यकार ममताले आफूले लेखनमा फरक बाटो समात्न खोजेको र समालोचना गर्दा पनि कुनै सिद्धान्तलाई नअपनाएको स्पष्ट पार्नुभयो ।