• १३ मंसिर २०८१, बिहिबार

गाउँमा प्रदेश सरकार देखिने छ : मुख्यमन्त्री चौधरी

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, वैशाख २६ गते  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गाउँ गाउँमा प्रदेश सरकार देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश सरकारले एक घर एक रोजगारको कार्यक्रम अघि बढाउन थालेको बताउनुभयो । रेडक्रस सोसाइटी दाङ शाखाको स्वर्णजयन्ती एवं  रेडक्रस दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउन थालिएको दाबी गर्नुभयो । मुख्यमन्त्री चौधरीले दाङको विकासका लागि पुरानो टरिगाउँ धावन मार्गको विस्तारमा ध्यान दिइने बताउनुभयो । उहाँले धावन मार्ग विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय तीन तहकै सरकारको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

रेडक्रस दिवसका अवसरमा  रेडक्रस सोसाइटी दाङ शाखाले गोरखापत्र दैनिकका तुलसीपुर समाचारदातासहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । नेपाल  रेडक्रस सोसाइटी दाङ शाखाको स्वर्णजयन्ती एवं रेडक्रस दिवसका अवसरमा समाचारदाता गोकर्ण पौडेलसहित विभिन्न व्यक्तित्वलाई संस्थाको विकास, प्रवर्धनमा टेवा पु-याएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।