• १४ वैशाख २०८१, शुक्रबार

काभा महिला भलिबलको ट्रफी सार्वजनिक

blog

सार्वजनिक गरिएको ट्रफी ।

काठमाडौं, वैशाख २५ गते । जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल भलिबल संघले सोमबार एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाली महिला टोलीका मुख्य प्रशिक्षक बेल्जियन जान डे ब्रान्ट, महिला भलिबल टिमकी कप्तान अरुणा शाही र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले ट्रफी सार्वजनिक गर्नुभयो ।

प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका आठ देशको सहभागिता रहनेछ । जसमा आयोजक नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान रहेको छ ।

नेपालले जेठ ८ गते कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका लागि नेपालले प्रशिक्षण र तयारी सुरु गरेको छ ।