• २४ वैशाख २०८१, सोमबार

नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा

blog

काठमाडौँ, वैशाख २४ गते । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको वैशाख १७ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा लगिने कम्पनीले जनाएको छ । साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।