• ११ मंसिर २०८१, मङ्गलबार

१६ सयबढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

blog

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २३ गते । 
जिल्लाको बिरुवा गाउँपालिकामा सामुदायिक विद्यालयहरूमा बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

चाइना फाउण्डेशन फर रुलर डेभलपमेण्टको आर्थिक सहयोग ग्लोबल कोअपरेशन फर डेभलपमेन्टले उक्त शैक्षिक सामग्री वितरण गरेको हो । 

पालिका भित्रका ३३ विद्यालयमध्ये ३१ विद्यालयका एक हजार ६९१ विद्यार्थीलाई शैक्षिक सामग्री स्टेसनरी र झोला वितरण गरिएको हो ।

विद्यार्थीलाई संविधान सभा सदस्य अमृता थापा मगरले कापी, कलम, इरेजरलगायतका स्टेसनरी र झोला वितरण गर्नुभएको हो ।

अध्ययनमा थप प्रोत्साहन गर्ने उद्देश्यले नवज्योति माविमा कार्यक्रम गरी विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा संविधान सभा सदस्य थापाले शैक्षिक सामाग्री वितरणले बालबालिकालाई अध्ययनमा उत्प्रेरित गर्ने दाबी गर्नुभयो ।