काठमाडौं, बैशाख १७ गते । लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक गरेको हो ।
लगातार तेस्रो पटक च्याम्पियन बनेको लुम्बिनीले यसअघि ११औं संस्करणमा २० स्वर्ण तथा १२औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य जित्यो ।
यस्तैसुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य जित्यो ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।
एथलेटिक्सतर्फ छात्र/छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र/छात्रामा समान १–१, करातेतर्फ छात्र/छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र/छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपियाँ वितरण गरियो । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । प्रतियोगितामा जम्मा ३ कीर्तिमान बने ।
करातेमा कोशीलाई सर्वाधिक ४ स्वर्ण
कोशी प्रदेशले करातेमा सर्वाधिक ४ स्वर्ण जितेको छ । ८ स्पर्धा समावेश करातेमा ४ स्वर्णका लागि अलावा कोशीले थप १ रजत र २ कांस्य पनि जित्यो । बागमतीले २ स्वर्ण तथा गण्डकी र लुम्बिनीले समान १–१ स्वर्ण हात पारेको छ ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको अन्तिम दिन आइतबार ३ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र ४२ केजीमुनि लुम्बिनीका प्रकाश पुनमगरले कोशीका आदेश चहार तथा ४७ केजीमुनि कोशीका दिपेश कार्कीले बागमतीका सुजन खड्गीलाई हराउँदै स्वर्ण जित्नुभयो ।
छात्रा ५० केजीमुनि कोशीकी सिर्जना खुलालले फाइनलमा गण्डकीकी प्रीति तामाङलाई हराउदै स्वर्ण जित्नुभयो ।
उसुमा रविन्द्र पहिलो
उसुको छात्रतर्फ छाङ छ्वानमा बागमतीका रविन्द्र आले मगरले स्वर्ण, सुदूरपश्चिमका ओमप्रकाश कोलीले रजत र कर्णालीका चन्द्रबहादुर रोकायले कांस्य जित्नुभयो ।
थाउलोको विभिन्न ६ स्पर्धा समावेश उसुमा बागमतीले ३ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । सुदूरपश्चिमले २ स्वर्ण, ३ रजत र २ कांस्य तथा कोशीले १ स्वर्ण र १ कांस्य हात पारे ।
तेक्वान्दोमा तेक्वान्दोमा लुम्बिनी अगाडि
तेक्वान्दोमा लुम्बिनी सहभागी सातै प्रदेश भन्दा अगाडि रहने क्रममा २ स्वर्ण, २ रजत र १ कांस्य पदक जित्यो । तेक्वान्दोमा पनि ६ स्पर्धामा खेल भएको थियो । बागमती २ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रोमा रह्यो ।
तेश्रो स्थानको सुदूरपश्चिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात पा¥यो । बाँकी १ स्वर्ण कोशीको पोल्टामा गयो । कोशीले थप ४ कांस्य पनि जितेको छ ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगिताको छात्र ४५ केजीमुनि बागमतीका कैलाश थापा, ४८ केजीमुनि कोशीका सुशन थापा र ५१ केजीमुनि बागमतीका निरजज्यु ठकुरीलेस्वर्ण जित्नुभयो ।
छात्रा ४२ केजीमुनि सुदूरपश्चिमकी दिपा सन्जेल, ४४ केजीमुनि लुम्बिनीकी ममता मल्ल र ४६ केजीमुनि लुम्बिनीकै दिपशिखा रानाभाट शीर्ष स्थानमा रहनुभयो ।
भलिबलमा कर्णाली र बागमती अब्बल
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलको छात्रमा कर्णाली र छात्रामा बागमतीले उपाधि जितेका छन् ।
छात्रको फाइनलमा कर्णालीले गण्डकीलाई २५–२१, १४–२५, १६–२५, ३१–२९, १५–१२ ले पराजित ग¥यो । लुम्बिनी र बागमती तेश्रो भए ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २२–२५, २५–१९, २५–२३, २५–१७ ले हरायो । कर्णाली र गण्डकीले तेश्रो स्थानमा चित्त बुझाए ।
कबड्डीमा लुम्बिनी र सुदूरपश्चिम च्याम्पियन
कबड्डीको छात्रमा लुम्बिनी तथा छात्रामा सुदूरपश्चिम च्याम्पियन बने । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा लुम्बिनीले कोशीलाई ४२–२३ ले हरायो । सुदूरपश्चिम र गण्डकी तेश्रो भए ।
छात्राको फाइनलमा सुदूरपश्चिमले बागमतीलाई ३६–१२ ले हरायो । कोशी र गण्डकी संयुक्त रुपमा तेश्रो भए ।