• १५ चैत २०८०, बिहिबार

राष्ट्रिय चिया दिवस मनाइँदै

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल सूर्योदय नगरपालिकामा चियाका स्टलहरु अवलोकन गर्दै ।

कोकिला ढकाल

इलाम, वैशाख १५ गते । आज वैशाख १५ गते । चिया किसानहरु लागि महत्वपूर्ण दिन अर्थात् राष्ट्रिय चिया दिवस । राष्ट्रिय चिया दिवसका अवसरमा आज इलामको सूर्योदय नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा सुरु भएको कार्यक्रमको अहिले नेपाल सरकारका कृषि तथा पशुमन्त्री विकास मन्त्री वेदुराम भुसालले उद्घाटन गर्नुभएको हो । 

देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले बताउनुभयो । चिया तथा कफी विकास बाेर्डले २७ औं संस्करणका रुपमा चिया दिवस मनाइरहँदा यो वर्ष ‘गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं ’ भन्ने नारा तयार गरेको छ । 

विसं १९२० मा इलाम चिया बगानबाट रोपण सुरु गरिएको चिया अहिले २० हजार दुईसय १९ हेक्टर जमिनमा विस्तार तथा उत्पादन भइरहेको बाेर्डले जनाएको छ । बाेर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७८।०७९ मा चियाको उत्पादन १३ हजार ८८५ मेक्ट्रिक टन पुगेको जनाइएको छ । 

यो वर्ष चीनमा नेपाली चिया उत्कृष्ट भएपछि विदेशबाट नेपाली अर्थोडक्स अर्गानिक चियाको माग उच्च रहेको जनाइएको छ । यस पटकको चिया दिवसमा चीन, अमेरिका, रसिया, अस्ट्रेलियालगायतका देशबाट विदेशी व्यापारी इलाम आइपुगेका छन् । भोलि पर्यटकीय स्थल अन्तुमा चिया ‘टेस्टिङ’को कार्यक्रम तय भएको वोर्डले जनाएको छ। 

यस्तै, टी टेस्टिङमा विदेशी चिया व्यापारी सहभागी हुनेछन् ।