• १३ मंसिर २०८१, बिहिबार

नवनियुक्त मुख्यमन्त्री चौधरीसहित मन्त्रीहरुद्वारा शपथ ग्रहण

blog

नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिर : भुवन कार्की

भुवन कार्की 

रुपन्देही, वैशाख १५ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तीन जना बिना विभागीय मन्त्रीहरुले शपथ लिनुभएको हो । 

नवनियुक्त मन्त्रीहरुलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको हो । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ ।  

सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले मात्र विना विभागीय मन्त्रीको शपथ लिनुभएको हो । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।