• १ असोज २०८१, मङ्गलबार

बहुक्षेत्रीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

blog

फाइल तस्विर ।

कोकिला भण्डारी

धनकुटा, वैशाख १५ गते । बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्लाको छथर जोरपाटी गाउँपालिकाको स्वाथ्य शाखाले आयोजना गरेको अभिमुखीकरणमा कुपोषणका कारण बालबालिकाहरुमा हुने मृत्यूदर, होचो पुड्को हुने, ख्याउटे, उमेर अनुसारको तौल नहुने उमेर अनुसारको उचाइ नहुने साथै शारीरिक र मानसिक समस्या समाधानलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

पोषणका कारण प्रजनन उमेर समूहका युवायुवतीमा समस्या नहाेस् भन्नका लागि सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले त्यसबारे जानकारी गराउनुका साथै जनचेतना जगाउनसमेत कार्यक्रमको आयोजना गरिएको छथर जोरपाटी गाउँपालिकाले जनाएको छ । छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाको अध्यक्षतामा सम्पन्न तालिममा छथर जोरपाटी गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोललगायतले सहजिकरण गर्नु भएको थियो । उक्त कार्यक्रमलाई वडा स्तरसम्म सञ्चालन गरिनेसमेत जनाइएको छ ।

कार्यक्रममा छथरजोरपाटी गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधीकृत जितमान जिमी, छथर जोरपाटी गाउँपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता थियो ।