• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु । फाइल तस्बिर

काठमाडौं, वैशाख ४ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटबाट बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पूर्व सदस्उ तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्य तालिका रहेको सङ्घीय संसदका महासचिव डाा. भरतराज गौतमले जानकारी दिनुभयो ।