• १ असोज २०८१, मङ्गलबार

नयाँ वर्षमा तीन चलचित्र

blog

काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षको साइत पारेर शुक्रबार तीन नयाँ चलचित्र प्रदर्शनमा आएको छ। ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ वैशाख १ गतेदेखि प्रदर्शनमा आएका छन्। 

‘जारी’ उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र हो। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङलगायतको अभिनय छ।

चलचित्र ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गर्नुभएको हो। टोपेन्द्र विष्टको निर्माण रहेको चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको शीर्ष भूमिका छ। त्यस्तै चलचित्र ‘बिहे पास’ प्रवेश पौडेल निर्देशित चलचित्र हो। चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको अभिनय रहेको छ।