• १३ मंसिर २०८१, बिहिबार

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान

blog

मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलन ।

काठमाडौं, चैत २८ गते। बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताउनुभएको छ। 

मंगलबार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनै पनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज बहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो। 

उहाँले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताउनुभयो। उहाँले सिबिफिनले दुई अंक ब्याजदर घटाउन सुझाव दिए पनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताउनुभएको जानकारी दिनुभयो। 

अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताउनुभयो। बैंकमा तरलता सहजता आएको बताउनुभयो। उहाँले उहाँले ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेको बताउनुभयो। 

उहाँले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले बहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताउनुभयो। उहाँले भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको बताउनुभयो। उहाँले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने बताउनुभयो। उहाँले बैंकको ब्याज घटाउँदा अहिलेको अवस्थामा एक महिनामा नै लागू गर्नुपर्ने बताउनुभयो। 

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष भोजबहादुर साहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताउनुभयो। उहाँले सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भएपनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको बताउनुभयो। उहाँले ब्याजदर दुई प्रतिशत घटाएर ९.९ मा ल्याउन सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो।

  उहाँले निक्षेप र कर्जाको ब्याजदर बैंकले स्वतन्त्र रुपमा निर्धारण गर्न नपाएको बताउनुभयो। उहाँले कर्जा लिनेले समयमा ब्याज नतिर्दा खराब कर्जा बढेको र त्यसले गर्दा नै बैंकको नाफा नकारात्मक बन्ने स्थिति आएको बताउनुभयो। उहाँले आन्दोलन गरेर ब्याजतिर्नु पर्दैन भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो।