• १६ चैत २०८०, शुक्रबार

कृषकलाई आधुनिक मौरीको घार वितरण

blog

ओखलढुङ्गामा कृषकलाई आधुनिक मौरीको घार वितरण गरिंदै । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, चैत २३ गते । ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो । 

नगरपालिकाको १२ वडाका ३५ जना कृषकलाई ७५ प्रतिशत अनुदानमा आधुनीक मौरीको घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । नगरपालिकाको कृषि शाखामार्फत करिब ६ लाख लागतमा ६३ वटा आधुनिक मौरीको घार खरिदगरी किसानलाई वितरण गरिएको कृषि प्राविधिक विरेन्द्र तामाङले जानकारी दिनुभयो ।

मौरी र गोलासहितको आधुनिक घार वितरण गरिएको कृषि प्राविधिक तामाङको भनाइ छ । व्यावसायिक मौरीपालक किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएको तीन दिने मौरीपालन सम्बन्धिको तालिम प्राप्त किसानलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । 

यसका साथै सिद्धिचरण नगरपालिकाले विगुटारका आधुनिक तरकारी खेती गर्ने किसानलाई कृषि प्रविधि वितरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट प्राप्त कृषि प्रविधि व्यवसायिक तरकारी खेती गर्ने किसानलाई वितरण गरिएको हो । ओखलढुङ्गाको सदरमुकाममा माग हुने तरकारी सिद्धिचरण नगरपालिका –७ विगुटारले धानेको छ ।