• १६ चैत २०८०, शुक्रबार

‘सामाजिक न्यायका लागि एकजुट हुनुपर्छ’

blog

तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाह सिंजालीसहित तालिममा सहभागी महिला पत्रकार । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

तानसेन, चैत १९ गते । तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाह सिंजालीले लैंगिक समानता र सामाजिक न्यायका लागि हरेक क्षेत्रमा महिला एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । एकताले मात्रै सीप तथा क्षमता बढाउन एवम् प्रतिस्पर्धात्मक भावना जगाउन र स्थापित हुन सकिने उहाँले बताउनुभयो ।

सञ्चारिका समूह नेपाल पाल्पा शाखाले आयोजना गरेको पत्रकार महिलाका लागि दुई दिने समाचार लेखन तालिमको शनिबार समापन कार्यक्रममा बोल्दै उपप्रमुख सिंजालीले सो कुरा बताउनुभयो । 

पत्रकार महिलालाई महिलाको सफलता र चुनौतिका बारेमा समेत लेख्न उहाँले आग्रह गर्नुभयो । “कुनै पनि क्षेत्रमा सफल हुन पुरुषलाईभन्दा महिलालाई धेरै चुनौति छ । धेरै संघर्ष छ । त्यसका कथा बाहिर ल्याउने हो भने अरुलाई उत्प्रेरणा हुनसक्छ” उहाँले भन्नुभयो । 

उहाँले स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिलाका पनि थुप्रै संघर्ष र चुनौती रहेको उहाँले बताउनुभयो । उपप्रमुख सिंजालीले पत्रकारिता चुनौती र अवसर बोकेको पेशा रहेको बताउँदै त्यसअनुसार सीप र क्षमता बढाउन आग्रह गर्नुभयो । 

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले निरन्तर सीप र क्षमता बढाएर पत्रकार महिला स्थापित हुनुपर्ने बताउनुभयो । तानसेन नगरपालिकाको वडा ४ को आर्थिक सहयोग रहेको लैङ्गिकमैत्री समाचार लेखन तालिम शुक्रबार र शनिबार सञ्चालन भएको थियो । तालिममा सहभागी पत्रकार महिलाले खोजी समाचारका खाका तयार गरेका छन् ।