• १४ वैशाख २०८१, शुक्रबार

सांसद मञ्जु शर्मा (अन्सारी) ले लिनुभयो पद तथा गोपनीयताको शपथ ग्रहण

blog

प्रतिनिधिसभाकी सांसद मञ्जु शर्मा (अन्सारी)ले पद तथा गोपनीयताको सपथ ग्रहण हुँदै ।

गाेरखापत्र अनलाइन

काठमाडाैँ, चैत १९ गते । प्रतिनिधि सभाकी सांसद मञ्जु शर्मा (अन्सारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

उहाँ जनता समाजवादी पार्टीका सांसद शहनाज रहमानको निधनपछि रिक्त रहेको समानुपातिकतर्फ प्रतिनिधि सभाकी सांसद हुनुभएको हो । आइतबार सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

शपथग्रहण समारोहमा उपसभामुख इन्दिरा राना, नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डे, सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमसहितको उपस्थिति रहेको थियो ।

सप्तरी निवासी अन्सारीको २०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तरगत जसपाबाट मुस्लिम क्लस्टरको क्रम सङ्ख्या २ मा नाम थियो ।