• १४ वैशाख २०८१, शुक्रबार

अर्थमन्त्री डा. महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिकाे भेट

blog

अर्थमन्त्री डा. महतसँग नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग भेट गर्नुहुँदै । तस्बिर: निजी सचिवालय

काठमाडौं, चैत १९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्नुभएको छ ।

महासङ्घका अध्यक्ष गोल्छासँग अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न विषयमा केन्द्रित भएर छलफल गर्नुभएको हो । 

अर्थमन्त्री डा. महतले छलफलमा उठेका विभिन्न विषयहरूसहित निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने बताउनुभएको छ । 

धेरै विषयहरु केन्द्रीय बैंकसँग सम्बन्धित भएको महासङ्घका अध्यक्ष गोल्छाको भनाइमा डा. महतले नेपाल राष्ट्र बैंकका गभर्नरसँग कुराकानी भएको र सँगै अगाडि बढ्नेमा सहमत भएको बताउनुभयाे ।

उहाँले निजी क्षेत्रको सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउनुभयाे।