नवीन शिशिर विक
बागलुङ, चैत्र १८ गते । धौलागिरि बहुमुखी क्याम्पस बागलुङले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार बिहान बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबैको सहभागिता हुने गरी स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ नेतृत्व चयन गरेको हो ।
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघबाट सुदिप सागर कँडेल सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन हुनुभएको छ । सहसचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का खिमानन्द कँडेल र कोषाध्यक्षमा नेविसंका सृष्टि आचार्य चयन हुनुभएको छ ।
सदस्यहरुमा कृष्णबहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका, रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिक चयन हुनुभएको निर्वाचन अधिकृत गोविन्द गौतमले बताउनुभयो । यसअघि विद्यार्थी संगठनबीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।