• ८ वैशाख २०८१, शनिबार

चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

blog

निर्वाचन आयोग ।

काठमाडौं, चैत १६ गते । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता पौड्यालका अनुसार नियुक्त हुनुभएको मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।