• ७ वैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिने

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्विरः नविन शाही

नविन शाही

सुर्खेत, चैत १६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको मत स्पष्ट पार्नुहुने भएको छ । मुख्यमन्त्री भइसकेपछि उहाँले चैत १७ गते दोस्रो पटक विश्वासका मत लिनुहुने भएको हो । 

गएको पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपरेको हो ।  कर्णाली प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपाले केन्द्रको सत्ता समीकरण फेरिएपछि फागुन १८ गते समर्थन फिर्ता लिएको थियो ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव पेस गर्ने वातावरण मिलाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार संसद् सचिवालयलाई पत्र पठाएको छ । यसअघि माघ ६ गते मुख्यमन्त्री शर्माले पहिलोपटक संसदबाट विश्वासको मत पाउनुभएको थियो । त्यतिबेला राप्रपासहितका २५ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।